Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा ६ अंकको गिरावट, कारोबार रकम २६ प्रतिशत बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ ।

सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा कायम भएको छ।

पहिलो कारोबार दिन आइतबार १० अंकले बढेको नेप्से परिसूचक सोमबार ३.२७ अंकले बढेको थियो।

सोमबार २ अर्ब ८८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से घटेपनि कारोबार सोमबारको तुलनामा बढेको छ।

यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख ६ हजार ५५४ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले घटेको बजारमा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बुद्ध भूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धवलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी सोनापुर मिनरल्सको १८ करोड,गोर्खाज फाइनान्सको १५ करोड,घोराही सिमेन्टको १० करोड र नेपाल फाइनान्सको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन ३ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिए। फाइनान्स,लाइफ इन्स्योरेन्स र माइक्रो फाइनान्सको सूचक बढ्दा अन्यको घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077