Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेको टिप्पणी – कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्

    गृहमन्त्री लामिछानेको टिप्पणी – कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 588
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न चुनौती दिएका छन्।

    संघीय संसद भवन नयाँ बानेश्वरबाट निस्किने क्रममा गृहमन्त्री लामिछानेले यस्तो चुनौती दिएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने,‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस्। अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनको कुरा गर्ने? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले।’



    कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ।

    उनले वर्षमा संसदबाट एउटा मात्र कानुन बनेको प्रसंग पनि सुनाए। एउटा ठाडो उजुरीका भरमा संसद अवरुद्ध गर्न खोजिएको भन्दै लामिछानतेले असन्तुष्टि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार