Online Nepal
  • आइतबार, २० असोज २०८१
  • अनुसन्धानमा कैफियत देखिए गृहमन्त्रीमाथि कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनुसन्धानमा कैफियत देखिए गृहमन्त्रीमाथि कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन्।

    प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको मंगलबारको बैठकमा लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए।



    प्रधानमन्त्री प्रचण्डले भने,’सुशासन कायम गर्ने सम्बन्धमा कुनै सम्झौता गर्दैन । आफ्नो र अरुको पार्टी भन्नेमा कुनै फरक गर्दैन। सहकारीको मुद्दा बुझाइसक्दासम्म उहाँको नाम केही छैन । अनुसन्धानबाट कैफियत देखिएमा उहाँलाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्ने छैन । ठाडो उजुरी दिनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं त ?’



    प्रधानमन्त्रीले उजुरी पर्दैमा राजीनामा गर्ने सहमति गर्न सकिन्छ त ? भनेर कांग्रेसलाई प्रश्न गरेका थिए ।

    लामिछानेको नाममा ती सहकारीबाट लिएको ऋण फर्च्छ्यौट भइसकेको कुरा आफूलाई जानकारी रहेको पनि प्रधानमन्त्रीले बताए ।

    माओवादी र कांग्रेसको सरकार हुँदाताका नै लामिछानेको नामको ऋण फर्छ्यौट भइसकेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार