Online Nepal
  • आइतबार, २० असोज २०८१
  • स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान घोषणा गरिने

    स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान घोषणा गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको परिवारको अनिवार्य बिमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बिमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्नेलगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ।’

    नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बिमाको पहुँच पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार