Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय जनमोर्चाले भन्यो - सहकारी ठगीमा मुछिएका गृहमन्त्रीलाई तुरुन्त हटाऔँ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

सोमबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेलाई पदबाट हटाएर सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउन तथा दोषीलाई कडा सजाय गर्नका लागि प्रभावकारी कदम उठाउन सरकारसँग माग गरेका हुन् ।

रवि गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने जनमोर्चाको ठहर छ । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् ।

सहकारी ठगीको आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउँदा हजारौं सहकारीका बचतकर्ता माथि अन्याय भएको जनमोर्चाको ठहर छ ।

‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै राष्ट्रिय जनमोर्चाले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको मागमा पनि समर्थन जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077