Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

    युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 771
    SHARES

    काठमाडौं । रुसमा भाडाका सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ ।

    रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ ।



    शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक गरेसँगै परराष्ट्र मन्त्रालयले पनि छुटाउनका लागि पहल सुरु गरिसकेको छ ।



    यद्यपि, युक्रेनले युद्धबन्दी बनाइएकालाई रुससँग भएको सम्झौता रद्द गरेर आफ्नो मुलुकमा जाने सर्तमा मात्र छाड्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले शुक्रबार सार्वजनिक गरेकामा पाँच नेपाली, तीन क्युवाली तथा एक–एक जना सोमालिया र सियरालियोनका नागरिक रहेका छन् ।

    युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् ।

    प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार