काठमाडौं । युक्रेनी सेनाले बन्दी बनाएका पाँचजना नेपालीलाई सार्वजनिक गरेको छ ।
युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ नेपाली, तीन क्युबाली तथा एक एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन् ।
उनीहरुलाई युक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेको हो । युक्रेनमा हाल राजापुर नगरपालिका १ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका ६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ २ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् ।
युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरिरहेका छन् ।
Leave a Reply