रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डाक्टर शशाङ्क कोइरालाले सभापति बनेर अहिले भन्दा भिन्न ढङ्गले पार्टी चलाउने आफ्नो योजना रहेको बताएका छन् ।
रामेछापमा आइतवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी सञ्चालनको शैली समयानुकूल बनाउन पर्ने बताए ।
रामेछापका स्थानीय कार्यकर्ताले उनलाई १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए ।
उनले भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोहीअनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिले भन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ ।’
Leave a Reply