Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारलाई नाउपाको समर्थन कायमै

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

आज दिउँसो प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।

नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयासमा उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन् । उनीहरुले मुख्यमन्त्री शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।

आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077