Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुने प्रधानमन्त्रीको दाबी

    पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुने प्रधानमन्त्रीको दाबी

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 399
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन्।

    पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताए।



    पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।’

    पर्यटकीय राजधानी घोषणाले पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सरकारले प्रदेश र स्थानीय तहसँग मिलेर पोखराको रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउने पनि प्रधानमन्त्रीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार