Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • देशको अर्थतन्त्र सुधारिँदो अवस्थामा छ : अर्थमन्त्री पुन

    देशको अर्थतन्त्र सुधारिँदो अवस्थामा छ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 465
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा केही शिथिलता भएपनि देशमा संकटमा नरहेको बताएका छन्।

    नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए।



    विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको अर्थमन्त्री पुनले बताए ।

    अर्थमन्त्री पुनले भने, ‘नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्छ। गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिती हुँदा ऋंलका हुन्छ भनिएको थियो । सरकार सञ्चालन गरिहरेको राजनीतिक नेतृत्वले त्यतिबेला हामी ऋलंकाको बाटोमा छैनौं भनेर आस्वस्त पारेको थियो । बैंकिङ तरलता बढेर बैंकहरु लगानीको क्षेत्र खोजिरहेका छन् ।’

    एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार