Online Nepal
  • आइतबार, २० असोज २०८१
  • जीबीलाई पक्राउ गरेर सहकारी पीडितको समस्या समाधान गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    जीबीलाई पक्राउ गरेर सहकारी पीडितको समस्या समाधान गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 501
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन्।

    आज कास्कीको पोखरामा सहकारीबाट पीडितहरुसँगको भेटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।



    सहकारी पीडितहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।



    प्रधानमन्त्रीले अब जीबी राईलाई जसरी भए पनि समातेर  पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्ने बताए।

    पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

    उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार