Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामपन्थी शक्तिबीच सहकार्यका लागि नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”

यस्तै पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने प्रधानमन्त्री प्रचण्डले बताए । गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको पनि उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077