Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

व्यवसायीलाई प्रधानमन्त्रीले भने - देशमा लगानीको वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुस्

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभएर लगानी गर्न अनुरोध गरेका छन् । आग्रह गरेका छन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।

उनले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । उनले भने “देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”

पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको पनि उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077