Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अर्थमन्त्री र गभर्नरले समन्वय गरेर काम गर्नुपर्छ : वर्षमान पुन

    अर्थमन्त्री र गभर्नरले समन्वय गरेर काम गर्नुपर्छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 516
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर एकअर्काका प्रतिस्पर्धी नभएको बताएका छन् ।

    राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताए ।



    सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका कानुन र नियमभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको अर्थमन्त्री पुनको भनाइ छ ।

    सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

    राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एक अर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उल्लेख उनको भनाइ थियो ।

    अर्थमन्त्री पुनले राष्ट्रबैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट पारे ।

    राष्ट्रबैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन जना विज्ञलाई संचालकका रुपमा पठाउने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार