Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अवैध संरचनामा शंखरापुर नगरपालिकाले डोजर चलायो

    अवैध संरचनामा शंखरापुर नगरपालिकाले डोजर चलायो

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 342
    SHARES

    काठमाडौं । शंखरापुर नगरपालिकाले स्वीकृति नलिई मापदण्ड विपरीतका सम्पदा क्षेत्रमा व्यक्तिगत लगानीमा बाटो बनाएको भन्दै डोजर चलाएको छ ।

    शनिवार नगरप्रमुख रमेश नापित, साँखु प्रहरी प्रभाग, नगर प्रहरी सहितको टोलीले शंखरापुर नगरपालिका–७, देवचाः स्थित अवैध संरचनामा डोजर चलाएको हो ।



    साँखुको ऐतिहासिक सम्पदा बज्रयोगिनी मन्दिर मुनी अवैध ढंगले व्यक्तिगत लगानीमा सडक संरचना बनाएको पाइएपछि नगरपालिकाले एक्सन लिएको छ।



    मन्दिरबाट हरेक वर्ष बज्रयोगिनी माईलाई साँखु बजार परिक्रमा गर्न ल्याउने परम्परागत सडक, पानीको खोल्सो समेत मासेर त्यसमा ह्युम पाइप राखी सडक बनाएको पाइएको हो ।

    स्थानीयलाई बाटो सहज पार्ने नाममा जग्गा प्लटिङ गरेको क्षेत्रका लागि पहुँच मार्ग स्थापित गर्ने गरी बिना स्वीकृति, बिना मापदण्ड व्यक्तिगत तवरबाट भइरहेको सडक निर्माणको काम रोक्का गरेको र खोल्सो अतिक्रमण गरिएको ह्युम पाइप निकालिएको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार