काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।
परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको हो ।
मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ ।
फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएका दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण नेपालमा हुन सकेको थिएन ।
Leave a Reply