Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मौका पाएँ भने कांग्रेसलाई सदनमै जवाफ दिन्छु : गृहमन्त्री लामिछाने

    मौका पाएँ भने कांग्रेसलाई सदनमै जवाफ दिन्छु : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 624
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन्।

    शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने,‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु । सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन्छु । म उहाँहरुलाई राम्रोसँग यो कुरा बताउन तयार छु।’



    गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको बताए।

    उनले अपराध अनुसन्धानमा कुनै पनि प्रभाव पर्न नदिने बताए । गृहमन्त्री लामिछानेले सुन प्रकरणको अनुसन्धानमा प्रभाव हुन नदिने पनि बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार