Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन : अर्थमन्त्री पुन

    कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 669
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

    प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरे ।



    अर्थमन्त्री पुनले भने,’कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन । किनभने उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन । राजनीतिक रुपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ ।’



    राजनीतिमा समिकरण परिवर्तन भइरहने उल्लेख गर्दै अर्थमन्त्री पुनले जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक भूमिका खेल्नुपर्ने बताए ।

    बेलाबखतमा आफूमाथि पनि नियोजित रुपमा आक्रमण हुने गरेको समेत उनले दाबी गरे।

    माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले छिट्टै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् चल्न दिएर विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुनुपर्ने धारणा राखे ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बेला रास्वपा सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले राजीनामा माग गर्दै आएको छ ।

    त्यसका साथै कांग्रेसले लामिछानेको नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा चित्तबुझ्दो जवाफ मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार