Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

    दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 531
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएका छन् ।

    अर्थमन्त्री पुनले शुक्रबार राजस्व सचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।



    उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा.रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।



    आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी)ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।

    अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो। चालु आर्थिक वर्षमा रु ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कुल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार