Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी स्थायी समितिको बैठक फेरि दिउँसो १ बजेका लागि सर्‍यो

काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकको समय फेरि सारिएको छ ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

स्थायी कमिटी सदस्यहरूको कार्यविभाजन, पार्टीले शुरु गर्न लागेको हिमाल-पहाड-तराई अभियानको तयारी तथा समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेशका सरकारबारे पनि छलफल हुन सक्ने छ ।

माओवादी केन्द्रले यसअघि गत फागुन २८ गतेलाई स्थायी कमिटी बैठक तय गरे पनि विकसित राजनीतिक घटनाक्रमका कारण बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077