Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज टुंग्याइँदै

    सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज टुंग्याइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी गरेको छ ।

    कार्यदलका अनुसार आजै टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माणको काम भइरहेको हो ।



    मस्यौदा हस्तान्तर भएसँगै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले मन्त्रिपरिषदबाट पास गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने छ ।



    बिहीबारै नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण बैठक आज बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको थियो ।

    अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार