Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच आज निर्णायक वार्ता

    आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच आज निर्णायक वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच आज पुनः वार्ता हुँदैछ । बिहीबारको छलफल सकारात्मक भएको भन्दै आज पुनः वार्ता हुन लागेको हो ।

    अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरूसँग बिहीबार साँझ छलफल गरेको थियो ।



    पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।



    समितिले हिजै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरूले आजसम्मको समय मागेका थिए ।

    द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराइको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार