काठमाडौं । लघुवित्त ऋणीका प्रतिनिध र सरकारबीच भएको वार्ता सकारात्मक बनेको छ । बिहीवार राती अबेरसम्म अर्थ मन्त्रालयमा उनीहरुबीच भएको वार्ता सकारात्मक बनेको हो ।
मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ता टोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच वार्ता भएको थियो ।
बिहीवार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्याएर सम्झौता गर्न समय अभाव भएकाले शुक्रवार बिहान ११ बजे पुनः बस्ने समझदाबरु भएको बताइएको छ ।
लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने सम्मका माग राखी आन्दोलनमा रहेका ऋणीहरुसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुनले बुधबार एउटा समिति गठन गरेका थिए । सो समितिलाई उनले लघुवित्त ऋणीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।
Leave a Reply