Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करीका योजनाकार गुरुङविरुद्ध मुद्दा दर्ता हुने, १ अर्ब ४० करोड बिगो मागदावी !

    सुन तस्करीका योजनाकार गुरुङविरुद्ध मुद्दा दर्ता हुने, १ अर्ब ४० करोड बिगो मागदावी !

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 960
    SHARES

    काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ ।

    काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न राय दिएको हो ।



    त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई गुरुङबारेको अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो ।



    सो अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

    गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

    सरकारी वकिल कार्यालयले उनीसँग १ अर्ब ४० करोड बिगो मागदावी लिन राय दिएको बतायएको छ । गुरुङविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार