Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो, विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

बिहीबार साँझ सिंहदरबारस्थित मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई ‘भर्चुअल’ निर्देशन दिने क्रममा गृहमन्त्री लामिछानेले सो टिप्पणी गरेका हुन् ।

उनले सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउन नहुने बताए । 'अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्,' उनले भने, 'होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।'

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077