Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लघुवित्त पीडित र सरकारबीच सिंहदरबारमा वार्ता जारी

    लघुवित्त पीडित र सरकारबीच सिंहदरबारमा वार्ता जारी

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 666
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरबारमा वार्ता भइरेहको छ । उनीहरुबीच केही समय अघिदेखि वार्ता जारी छ ।

    अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई मन्त्री वर्षमान पुनको निर्देशनमा बुधबार वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयद्वारा सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको थियो ।



    मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार