Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविको जस्तै नागरिकता प्रकरणमा प्रहरीद्वारा अमेरिकामा रहेका तीन नेपालीविरुद्ध मुद्दा दायर

काठमाडौं । अमेरिकाको पिआर लिएर नेपाली नागरिकता कायमै राखेको आधारमा प्रहरीले अमेरिकामा रहेका नेपाली मुलका तीन नागरिकविरुद्ध नागरिकतासम्बन्धि कसुरमा मुद्दा दायर गरेको छ ।

दोहोरो नागरिकता प्रयोग गरेको भन्दै काठमाडौं प्रहरीले बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अमेरिकाको कोलम्बस, ओहिवो बस्ने मुकेश कुमार सिंह, उनकी श्रीमती सरला पाण्डे र दाई राकेश कुमार सिंहविरुद्ध मुद्दा दायर भएको हो ।

नेपाल आउँदा उनीहरु अमेरिकी नागरिककै हैसियतमा आएको तर नेपालको नागरिकता समेत प्रयोग गरेर घरजग्गा किनेको पुष्टि भएको भन्दै मुद्दा दायर भएको हो ।

यो घटना ठ्याक्कै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिल्दोजुल्दो छ । संयोग कस्तो भने लामिछाने गृहमन्त्री भएकै बेला प्रहरीले यस्तो मुद्दा दायर गरेको छ ।

तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुकेश र राकेशकी सौतनी आमा शारदा कुमारी सिंहको उजुरीका आधारमा प्रहरीले मुद्दा दायर गरेको हो । उनीहरुको नेपालमा रहेको सम्पत्ति हात पार्न उनले यसरी उजुरी दिएकी हुन् ।

विदेशमा रहेका हजारौं नेपाली मुलका नागरिकको दोहोरो नागरिकता छ । उनीहरुले पुरानो नागरिकताकै आधारमा नेपालमा आफ्नो सम्पत्ति राखेका छन् । जसकारण यही आधारमा मुद्दा चलाउने हो भने हजारौं व्यक्तिहरु कानूनी कारबाहीमा पर्ने देखिन्छ ।

यसअघि रवि लामिछानेको यस्तै विवादमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेर उनलाई जोगाएको थियो ।

रमाइलो के छ भने उजुरीकर्ताले रवि लामिछानेविरुद्ध युवराज सफलले सर्वोच्च अदालतमा दिएको रिटको आदेशलाई समेत आधार बनाएर प्रहरीमा जाहेरी दर्ता भएको छ ।

लामिछानेले पनि अमेरिकी नागरिकता त्याग नगरी नेपालको पुरानो नागरिकता प्रयोग गरेका थिए । त्यही आधारमा चुनाव समेत लडे ।

जसकारण नागरिकतासँगै सर्वोच्चले पद पनि खारेज गरेको थियो । पछि उनले नयाँ प्रक्रियाबाट नागरिकता लिइ उपनिर्वाचन लडेका थिए ।

उनले कानूनी कारबाहीबाट भने उन्मुक्ति पाएका थिए । तर, पहुँच नभएका सर्वसाधरणविरुद्ध भने प्रहरीले मुद्दा चलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077