Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा झण्डै २८ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ ।

बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको हो ।

केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो ।

आज बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

२७ अंकमाथिले नेप्से सूचक घटेको यसदिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077