Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला प्राविधिक कार्यालय मुगुका प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका कार्यालयका प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुगुको सोरु गाउँपालिका-९ को साविक कालै गाविस वडा नम्बर २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माणमा अनियमितता भएको भन्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेले आरसीसी क्यानल लाइनिङ वर्कस, पाइपलाइन वर्कसको १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी तत्कालीन कार्यालयका इन्जिनियर महेशसिंह कठायत, सब इन्जिनियर भिम बहादुर रोकाया, असिस्टेन्ट सबइन्जिनियर सर्जन शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नहरि घिमिरेले बताए।

साथै, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077