Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । सरकारको आगामी साझा नीति तथा कार्यक्रमको प्राथमिकता छनोटका लागि गठित पाँच दलीय कार्यदलको बैठक आज बस्ने भएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बिहीबार अपराह्न चार बजे बस्न लागेको हो। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ।

यसअघि भएको छलफलमा न्यूनतम कार्यक्रम ‘छोटोमीठो बनाउने’ बारेमा कुरा भएको थियो ।

फागुन २१ गते नयाँ सत्ता समीकरण बनेसँगै गठबन्धनका पाँद दलबाट दुई/दुई जना सदस्य रहने गरी २७ गते कार्यदल गठन भएको थियो।

संयन्त्रमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077