भोजपुर । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ।
भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
अग्लो भीरबाट खसेको को १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।
चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।
१४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
Leave a Reply