Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • निरन्तर घट्दो विश्वासको मत : पहिलोपटक २६८ मत पाउँदा तेस्रोपटक भने १५७ मात्रै !

    निरन्तर घट्दो विश्वासको मत : पहिलोपटक २६८ मत पाउँदा तेस्रोपटक भने १५७ मात्रै !

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 591
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । यद्यपि, विश्वासको मत दिने प्रतिनिधिसभा सदस्यको संख्या पनि निरन्तर घट्दो छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० मत प्राप्त भएको छ ।



    बुधबारको बैठकमा २ सय ६८ सांसद उपस्थित र ७ सांसद अनुपस्थित थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १ सय ३८ मत आवश्यक पर्छ ।



    प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

    २१ फागुनमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार