Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • पाथीभरामा एक महिनामै संकलन भयो ५५ लाख भेटी

    पाथीभरामा एक महिनामै संकलन भयो ५५ लाख भेटी

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ ।

    फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरिएको हो ।



    फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो ।

    समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार