Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

    उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 837
    SHARES

    काठमाडौं । उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् ।

    निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले हिजोसम्म समय तोकेको थियो ।



    आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदनमाथि जाँचबुझपछि दर्ताको निर्णय गरिनेछ ।



    उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

    रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार