Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वसाधारणलाई ठग्न खोज्ने अन्तरदेशीय गिरोहका तीनजना पक्राउ

मोरङ । मोरङबाट अन्तरदेशीय संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत पहिचानको अनधिकृत प्रयोगमार्फत सर्वसाधारणलाई ठग्ने प्रयास गरिरहेका दुई बंगलादेशी नागरिक र एक नेपाली युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागन्ज घर भइ काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनीता खत्री रहेका छन् ।

गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

सो गिरोहका एक जना फरार छन् । फरार रहेका बंगलादेशी नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । गिरोहमा अरु पनि संलग्न रहेको आशंकामा अनुसन्धानको दायरालाई फराकिलो पारिएको बताइएको छ ।

बंगलादेशी नागरिकको गिरोहले नेपाली युवतीको प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

सोबारे बेलबारीका इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077