Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • शक्ति राष्ट्रबीचको ध्रुवीकरणले साना मुलुकको अस्तित्वलाई अक्षुण राख्न चुनौती थपियो : प्रधानसेनापति

    शक्ति राष्ट्रबीचको ध्रुवीकरणले साना मुलुकको अस्तित्वलाई अक्षुण राख्न चुनौती थपियो : प्रधानसेनापति

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 801
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको बताएका छन् ।

    रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् ।



    उनले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नु हुँदै विश्वका शक्ति राष्ट्र बिचको प्रत्यक्षरपरोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण राख्न चुनौती थपिएको बताए ।



    प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधि सञ्चालन गर्न प्रयत्नशील हुने अवस्था रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार