Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो

    सरकारले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 645
    SHARES

    काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

    अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा अर्थ मन्त्रालयले शुक्रबार दिउँसो २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो ।



    मन्त्रालयद्वारा सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको छ ।



    उक्त समितिमा गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् ।

    मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार