Online Nepal
  • आइतबार, २० असोज २०८१
  • रविको बचाउ गर्दै प्रधानमन्त्रीले भने – आफूतिर नआएपछि भ्रष्टाचारी

    रविको बचाउ गर्दै प्रधानमन्त्रीले भने – आफूतिर नआएपछि भ्रष्टाचारी

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै आफूतिर आए प्रधानमन्त्री बनाउने खोज्ने भन्दै व्यंग्य गरेका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको बचाउ गरेका हुन्।



    प्रतिनिधिसभा बैठकमा आजै नेपाली कांग्रेस, जनमोर्चालगायत दलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको प्रधानमन्त्रीको जवाफ मागेका थिए ।



    उनले भने,‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ प्रधानमन्त्रीको जवाफ थियो ।तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’

    कांग्रेस सचेतक सुशीला थिङ, महामन्त्री विश्वप्रकाश शर्मा र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका थिए ।

    कांग्रेस महामन्त्री शर्माले लामिछानेको मुद्दा आगामी दिनमा पनि उठ्ने बताएका थिए ।

    यस्तै रास्वपाका सभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिएका थिए । यद्यपि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार