Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सक्नुहुन्छ भने कांग्रेस-एमाले मिल्नुस्, माओवादी प्रतिपक्षमा बस्छ : प्रधानमन्त्री प्रचण्ड

    सक्नुहुन्छ भने कांग्रेस-एमाले मिल्नुस्, माओवादी प्रतिपक्षमा बस्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 612
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीविरुद्ध कांग्रेस र एमालेको गठबन्धन गर्न चुनौती दिएका छन्।

    विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूला दल मिल्यौ भने तेरो हालत के होला भन्नुहुन्छ । यसो भनेर मात्रै हुन्छ रु मेरो कामना छ तपाईंहरू सबै मिल्नुस् । सबै मिल्नुभयो भने माअ‍ोवादी प्रमुख प्रतिपक्षमा बसेर देश, संविधान र राष्ट्रको पक्षमा उभिन्छ। तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेको होइन । सके मिल्नुस् । राजनीतिक रुपले हित हुन्छ भने मिल्ने हो । प्रभाव पार्न सकिन्छ भने मिल्ने हो भनेर लागेको हो ।’

    प्रचण्डले नामै लिएर ओली र देउवा मिले पनि आपत्ति नहुने बताए । उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ। उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार