Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रमदान पर्व रोजामात्र नभई मानवता र पवित्रताका अभ्यासहरूको संयोजन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रमजान पर्वले मानिसलाई सत्मार्गमा डोर्‍याउन, संयम, परोपकारी र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको बताएका छन् ।

मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन भएको बताएका हुन्।

उनले पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

‘मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वी लगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077