Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुलासहित ५ जना विरुद्ध मुद्दा दर्ता

    सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुलासहित ५ जना विरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 2.9K
    SHARES

    पर्सा । पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई पक्राउ गरेर विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विवाह नगरी फर्किन लागेको बेलासहित पाँच जनामाथि पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।



    बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउँदै विवाह भाँडेर फर्केका थिए ।



    पक्राउ पर्नेमा बेहुला २८ वर्षीय उमेश साह गोढ, बेहुलाका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, बेहुलाका दाइ ४२ वर्षीय राकेशकुमार साह र ४० वर्षीय मुकेश कुमार साह र बेहुलाका भिनाजु बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय रामएकवाल साह रहेका छन् ।

    प्रहरीले गएराती २ बजे पाँचैजनालाई विवाह समारोह स्थलबाटै नियन्त्रणमा लिएको थियो । बेहुली पक्षका अनुसार बेहुला पक्षले यसअघि नै दाइजोमा नगद ८ लाख ५० हजार,मोटरसाइकल बापत ३ लाख २५ हजार, ६५ हजारको ल्यापटप र सुनको औँठी बेहुली पक्षबाट लिइसकेको थियो ।

    तर सोमबार राति जग्गेमा विवाहको विधि चलिरहेकै बेला बेहुला उमेशले दाइजोमा थप एउटा सुनको सिक्री पनि चाहिने र त्यो नपाए बिहे नै नगर्ने भन्दै निहुँ खोजेर झगडा गरेरको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार