Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने भन्छन् - पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि भएको बताए ।

सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई नभएको उनले बताए ।

उनले आफू विशेष टिओआर लिएको आएको समेत जानकारी दिए । नागरिकले तत्काल महसुस हुने गरेर सुधारका काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077