Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारबारे नाउपामा विवाद : श्रीमान पक्ष – प्रतिपक्षमा बस्छौं, श्रीमती – विश्वासको मत दिन्छौँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै रेशम चौधरी पक्षले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टीको केन्द्रीय संस्थापक केन्द्रीय सदस्यहरुको दुई तिहाई बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको पण्डितको भनाइ छ ।

तर यता संसदीय दलको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले आफ्ना सांसदलाई ह्विप जारी गरेकी छिन् ।

पार्टी अध्यक्ष श्रेष्ठ र पार्टीका संरक्षक रेशमलाल चौधरीबीच गठबन्धन सरकारमा जाने वा नजाने विषयमा विवाद छ ।

कुल ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीसँग ७ जना प्रदेश सभा सदस्य रहेका छन् । ती ७ मध्ये चार जना मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077