Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको 'ह्विप'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले आफ्ना सांसदलाई ह्विप जारी गरेकी छिन् ।

दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ९निर्देशन० ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

तर यता पार्टीका जेष्ठ सदस्य तथा वार्ता समिती संयोजक दामोदर पण्डीतले अध्यक्ष रञ्जिताको विज्ञप्तीलाई काउन्ट दिएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा नयाँ गठबन्धन सरकारमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने भनिएको छ । यस्तै प्रदेश सरकारको हकमा संवाद गरेर अगाडी बढ्ने उल्लेख छ ।

नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077