Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा जसपा संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री ले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077