Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री पुन र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

    अर्थमन्त्री पुन र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 501
    SHARES

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन्।

    सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा डाइरेक्टर कोशवाले अर्थमन्त्री पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए।



    कोशवाले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए।



    यस्तै अर्थमन्त्री पुनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

    जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे ।

    आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार