Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा ५८ अंकको सुधार, ४ अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो ।

नेप्से मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५५ करोडको कारोबार भयो ।

कुल २२० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ५.०५ प्रतिशत बढ्यो ।

बैंकिङ ३.१०, विकास बैंक २.१७, फाइनान्स २.२९, होटल तथा पर्यटन ३.९३, हाइड्रोपावर ०.९९, लगानी १.८७, उत्पादन २.३४, निर्जीवन बीमा ३.१५, अन्य १.६४ र ब्यापार समूह १.६९ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077