Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।

समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूलाई राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको हो ।

एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको र अरु चार दल सकारात्मक भएको स्रोतले बतायो ।

एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए ।

मंगलबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077