Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र ओलीले गरे भेटवार्ता

    प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र ओलीले गरे भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 462
    SHARES

    काठमाडौं । सत्तारूढ तीन दलका शीर्ष तीन नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको हो।



    प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ ।



    राष्ट्रियभाको निर्वाचन ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ भने प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

    प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै प्रदेश सरकार हेरफेरमा लाग्ने नयाँ गठबन्धनमा रहेका दलहरुको तयारी छ ।  गत फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाबीच नयाँ गठबन्धन बनाउने ८ बुँदे सहमति भएको थियो।

    त्यसैमा लतारिएर नआउने बताइरहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरूसँग थप सहमति गर्नुपर्ने अडान राख्दै आएका थिए। अध्यक्ष नेपालको मागलाई सम्बोधन गर्न मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित छलफल गरिएको स्रोतले बतायो ।

    एकीकृत समाजवादीको सोमबारको संसदीय दलले लिखित सहमति नगरे राष्ट्रियसभा र प्रधानमन्त्रीलाई मत दिइरहनु नपर्ने निष्कर्ष निकालेको थियो। त्यसपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मनाउन छलफलमा बसेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार